आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

प्रतिनिधि सभा निर्वाचनमा आजदेखि समानुपातिक तर्फ दल दर्ता

२०८२ मंसिर २१, आईतबार मा प्रकाशित ( २ महिना अघि) २४५० पटक पढिएको
नारी बाटिका


बिबियु,नारीवाटिका संवाददाता
धादिङ -२१ मंसिर ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु भएको छ।

जस अनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले आज बिहान १० बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिई सक्नु पर्नेछ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने कार्यतालिका छ।

आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकेको छ।

यस्तै,आगामी माघ ३० गते भने समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनको आउन अब ८८ दिन मात्रै बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस