आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

प्रेस काउन्सिल नेपालको अध्यक्षमा आचार्य नियुक्त

२०८२ मंसिर २२, सोमबार मा प्रकाशित ( ५९ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२२ मंसिर ।

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त हुनु भएको छ ।

काउन्सिलको अध्यक्षमा नवनियुक्त आचार्यले आइतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चारग्रामस्थित कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नु भएको हो। प्रेस काउन्सिलको रिक्त अध्यक्ष पदमा सरकारले गत सोमवार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमलाई व्यवस्थित बनाउन आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिलको अध्यक्ष बनेको उल्लेख गर्नु भयो ।

आचार्यले , ‘म चाहेर यो पदमा आएको होइन। मलाई यो विषम परिस्थितिमा काउन्सिलको नेतृत्व गर्नुपर्छ भनेर नागरिक सरकारले अफर गरेकाले यहाँ आएको हुँ। नागरिक सरकारले नियुक्त गरेको कारण पनि संस्थागत तथा आर्थिक भ्रष्टाचार नियन्त्रण गर्दै काउन्सिलमा रहेका संस्थागत समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो।’

वरिष्ठ अधिवक्ता आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमए, पू र्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गर्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस