आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

२०८२ मंसिर २२, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जनकपुरधाम २२ मंसिर ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदबाट बर्खास्त हुनु भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आईतबार महतोलाई पदबाट हटाएको प्रदेश प्रमुखको कार्यालयले सुचना जारी गर्दै जनाएको छ।

कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आइतबारदेखि नै लागू हुने गरी पदमुक्त गरेको उल्लेख गरेको छ।

जनमत पार्टी नेतृत्वको सतीशकुमार सिंहको सरकारमा जनमतको कोटाबाट महतो मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध नेपाली कांग्रेससहित ७ दलले सर्वोच्च अदालतमा रिट दिएपछि मधेश सरकारका तर्फबाट न्यायाधिवक्ता महतोले बहस गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस