आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाुको नाम राख्न गृहको निर्देशन

२०८२ मंसिर २२, सोमबार मा प्रकाशित ( २ महिना अघि) २७६० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२२ मंसिर ।

गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेनजी युवा पुस्तालाई सुशासन योद्धाको रुपमा नामावली राख्न प्रमुख जिल्ला निर्देशन दिएको छ ।

गृर्हले सवै जिल्लाका प्रमुख अधिकारीको कार्यकक्षमा सहिदका रुपमा मृतक जेनजीको तस्वीर राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले सोही व्यवस्था मिलाउन आजै मन्त्रिस्तरीय बैठक बसी गरिएको निर्णय अनुसार सो कार्य गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मुलुकमा गत भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा मृत्यु वरण गरेका युवा तथा बालबालिकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। मृत्यु वरण गरेकाहरुको सहिद घोषणा गरिएको बारे सूचना गत कात्तिक १७ को नेपाल राजपत्रमा प्रकाशित भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस