आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

२०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


समाचार एजेन्सी ।

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा गएराति शक्तिशाली गएको छ । उक्त क्षेत्रमा सोमबार राति गएको भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने भन्दै जापान सरकारले चेतावनी जारी गरिएको हो।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार शोमबार राति ११ः१५ बजेको समयमा ७.६ म्याग्निच्यूडको भूकम्पपछि होक्काइडो,आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रमा विशेष सतर्क अपनाउन आग्रह गरेको छ।

उक्त भूकम्पको केन्द्र विन्दु आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाइएको छ। शक्तिशाली भुकम्पको धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको बताइएको छ।

जापानी मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी आउने चेतावनी जारी गरेको छ । साथै मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी रहेको छ। भुकम्पको प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्न र समुद्री किनारबाट टाढा रहन उर्दी जारी गरिएको छ।

अन्य देशको तुलनामा दिनहुँ जस्तै जापानमा साना ठूला भूकम्प र सुनामी गैरहने देश भएकाले यस्ता भुकम्पलाई पनि सामान्य घटना मानिने र जोखिमको राहत–उद्धार कार्य गर्ने संयन्त्रलाई अधिकारीहरूले उच्च सतर्कतामा राख्ने गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस