
नारी बाटिका
नारी वाटिका संवाददाता
दार्चुला -२४ मंसिर ।
पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्र भएर स -साना भूकम्प जानेक्रम जारी छ । त्यस्तै दार्चुला जिल्लाको कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर मंगलबार राति ९ः२४ मिनेटको समयमा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।
यसअघि शोमबार साँझ पनि बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स -साना भूकम्प जाने क्रम जारी रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।








प्रतिक्रिया दिनुहोस