आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

एमालेमा ओली र पोखरेल प्यानलबीच कडा प्रतिस्पर्धा हुने

२०८२ मंसिर २४, बुधबार मा प्रकाशित ( २ महिना अघि) २२९५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारीवाटिका संवाददाता
धादिङ २४ मंसिर ।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारी मैदानमा र बन्द सत्र काठमाडौंमा हुने गरी कार्यक्रम तय गरिएको छ । एमालेको यही मंसिर २६ देखी २८ सम्म महाधिवेशन हुने भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार देशभरका जिल्लाहरूबाट चयन भएका प्रतिनिधिहरू राजधानी काठमाडौं आउन सुरु भएको छ । साथै, मतदाता, कार्यकर्ता र समर्थकहरूलाई पनि काठमाडौं ल्याउने तयारी तीव्र बनाइएको पार्टीृ स्रोतले जनाएको छ ।

उद्घाटन सत्रमा एमालेले ३ लाखभन्दा बढी जनसहभागिता हुने दाबी गरेको छ । एमालेले महाधिवेशन प्रतिनिधिको लागि स्पष्ट तथा विस्तृत प्रतिनिधित्व संरचना सार्वजनिक गरेको छ । अधिवेशनका लागी कुल २,१२७ प्रतिनिधि सहभागी हुने तय बताएको छ ।

विधान संशोधन मार्फत पद, प्रतिनिधित्व र संगठन संरचनामा फेरबदल गर्ने प्रयास गरिने जनाएको छ । यसका साथै, युवा संगठनहरू, श्रमिक, विभिन्न क्षेत्रका क्लस्टर र अन्य विभाजनलाई समावेश गरेर पार्टीलाई समावेशी, बलियो र विस्तारित बनाउन दाबी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस