आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

एमाले महाधिवेशनमा अतिथिहरु देउवा, प्रचण्ड र माधव कोही पनि नजाने

२०८२ मंसिर २७, शनिबार मा प्रकाशित ( २ महिना अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

भक्तपुर- २७ मंसिर।

नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूलाई अतिथिको निमन्त्रणा गरिएको भएतापनि कोही पनि नजाने भएका छन्।

भक्तपुरको सल्लाघारी स्थित चौरमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधव नेपाल कोही पनि कार्यक्रममा नजाने नजाने भएका हुन्।

तर पार्टीका प्रमुखहरु उक्त कार्यक्रममा सहभागी नभएतापनि उल्लेत पार्टीका दोस्रो तहका नेताहरू शुभकामना दिन जाने भएका छन्। कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ।

देउवालाई एमालेका महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले निवासमै पुगेर निमन्त्रण दिएका थिए। यस्तै नेकपाबाट नेता देव गुरुङ शुभकामना दिन तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा आमन्त्रण गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस