
नारी बाटिका
साढे तीन करोड बिगो
नारी वाटिका संवाददाता
काठमाडौँ २९ मंसिर।
पुरै परिवारसहित तत्कालिन अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
तत्कालिन सभापति चालिसेविरुद्ध अख्तियार अनुसन्धान दुरुपयाग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा चालिसेविरुद्ध करिब ४ करोडको बिगो दाबीसमेत विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चालिसे २०७४ देखि २०७९ सालसम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मेयर भएर कार्य गरेका थिए । २०७९ को निर्वाचनमा चालिसे काठमाडौं ३ नं. क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीप तथा उनकी बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाइएको छ ।








प्रतिक्रिया दिनुहोस