आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

एमालेको नयाँ नेतृत्व चयनका लागी ओली र पोख्रेलबिचमा महाभिडन्त

२०८२ मंसिर २९, सोमबार मा प्रकाशित ( २ महिना अघि) २४५० पटक पढिएको
नारी बाटिका


दुबै प्यानलबाट पदाधिकारीहरुमा कडा प्रतिस्पर्धा हुंदै

नारी वाटिका संवाददाता

काठमाडौं २९ मंसिर ।

नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केमी शर्मा ओली र पार्टीभित्रका शक्तिशाली एवं् वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलबिचमा महाभिडन्त सुरुभएको छ ।

नेतृत्व चयनमा अध्यक्ष वली र वरिष्ठ उपाध्यक्षको दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने देखिएको छ। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा महाभिडन्त गर्दै छन् ।

अहिले आ आफ्ना पक्षका नेता र पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको मतदाता सूची तयार गर्ने क्रम चलेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने छन्।

जारी ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण भर्ने काम जारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस