आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

आयल निगमले पेट्रोलको मुल्य बढायो, डिजेल र मट्टीतेलको घट्यो

२०८२ पौष १, मंगलबार मा प्रकाशित ( १ महिना अघि) १६१३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१ पुस।              बिबियु

नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपयाँले बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

तर डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

शोमबार साँझ निगमले एक विज्ञेप्ति जारी गर्दै आजदेखी लागु हुनेगरी बढेको पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस