आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

बैंकद्वारा कर्मचारीमाथि आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कारबाहीको माग

२०८२ पौष १, मंगलबार मा प्रकाशित ( ६ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बर्दिबास -१ पुस।

ज्योति विकास बैंकले फिल्डमा गएका आफ्ना कर्मचारीमाथि भएको आपराधिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार ऋणी कर्जा गर्न गएका बैंकका कर्मचारीहरूमाथि नियन्त्रणमा राखी आक्रमण गरिएको हो।

सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकको शाखाबाट ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकसँग नियमित कर्जाको किस्ता अशुलीको लागी टेलिफोनमार्फत सम्पर्क गरी क्षेत्रीय कार्यालय बर्दिबासका दुई कर्मचारीहरु फर्म रहेको स्थानमा पुगेका थिए।

तर त्यहाँ पुगेपछि फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बैंकले जनाएको छ।

उक्त अपराधिक घटनामा बहालवाला उपमेयरसमेतको संलग्नता रहेको र बैंकले सुनियोजित रूपमा घण्टौंसम्म कर्मचारीलाई नियन्त्रणमा राखेर आक्रमण गरेको जनाएको छ। पर्मका संन्चालकले कर्मचारीहरूलाई धितो लिलामी स्थगनसम्बन्धी निर्णय केन्द्रीय कार्यालयबाट लिखित रूपमा उपलब्ध नगराए ज्यान लिने धम्की दिइएको जनाएको छ ।

त्यस्तै त्यहाँका सुरक्षा समेन्त्रलाई घटनाको बारेमा जानकारी गराउँदा पनि सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंक बाध्य भएर पत्र लेख्नु परेको बैंकले जनाएको छ। बैंकले आफू नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा प्रचलित ऐन–नियमको पालना गर्दै बैंकिङ कारोबार सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गरेको छ।

बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र कर्मचारीहरू अराजक तथा आपराधिक गतिविधिको निशानामा पर्न थालेकोप्रति दुःख व्यक्त गर्दै, घटनाको घोर निन्दा र भर्त्सना घटनामा संलग्न व्यक्तिहरूलाई कडा रुपमा कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइ सकिएको जनाएको छ साथै बैंकले यस्ता आपराधिक गतिविधिविरुद्ध सधैं कडा रूपमा उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस