आज: २०८२ पौष ३, बिहिबार | Thu, 18, Dec, 2025

एमालेको जारी ११औँ महाधिवेशनको मतदानको समय सरेको सरेइ

२०८२ पौष २, बुधबार मा प्रकाशित ( १ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


चौथो पटक बुधबार) बहिन ८ बजेका लागि सारियो 

धादिङ २ पुस । बिबियु

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनको मतदानको समय मंगलबार वेलुकी ७ बजेबाट सुरु गर्ने भएको भएपनि हुन सकेन । मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरिएको हो।

मतदान गर्नका लागि पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः सो समय पनि सारिएर आज (बुधबार) बहिन ८ बजेका लागि सारिएको छ।

यो जाडो मौसम त्यसमाथी पनि राजधानीमा विशेष चिसो हुने गर्दछ । यस्तो चिसोमा पटक पटक महाधिवेशनको समय सरेको सरेई भएपछी लामो समयदेखि लाइनमा बसिसकेका महाधिवेशन प्रतिनिधिहरूलाई हलमा बोलाएर नेता शंकर पोखरेलले प्राविधिक कारणले गर्दा भालि बिहान ८ बजेदेखि मात्र मतदान हुने जानकारी दिनु भएको थियो ।

यसअघि पनि मगलबार दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ ७ बजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस