आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सरकारले हाम्रो सुविधा काटेर मानहानि गरेकोमा सांसदहरू आक्रोश

२०८२ पौष २, बुधबार मा प्रकाशित ( २ महिना अघि) १६१३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बागमती १ पुस।

राष्ट्रियसभामा काँग्रेस, एमाले र नेकपाका सांसदहरूले सरकारले आफूहरूको सेवा सुविधा काटेर मानहानि गरेको आरोप लगाएका छन्।

संघीय संसद राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (एमाले)की सांसद सुमित्रा बिसी र नेकपाकी सांसद मदनकुमारी साहले सरकारले संसद् र सांसदको मानहानि हुने गरी न्यूनतम सेवा, सुविधा कटौती गरेको भन्दै आपत्ति जनाएका थिए।

काँग्रेस सांसद परियारले सरकारले सांसदहरूको खर्च कटौती गरेर विकासको काममा लगाएको भन्दै राजनीति गरिरहेको आरोप लगाए। परियारले भने, ‘सांसदहरू केही पनि होइनन् र केही पनि चाहिँदैन भन्ने हेपाईमा अहिलेको सरकारले राजनीति गर्न खोजेको छ।’

यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले अघिल्लो सरकारको पालामा गठन भएको राष्ट्रियसभालाई कमजोर बनाउन यस सरकारले संसद् र सांसदहरूको सेवा, सुविधा कटौती गरेको भन्दै.आक्रोश व्यक्त गरिन्।

“उनीहरुको भनाइ छ “सांसदहरूले ठूल्ठूलो योजना बनाउने तर त्यसका लागि आवश्यक बजेट नदिएकोमा सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस