आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

एमाले नयाँ नेतृत्व चयनको लागी भैइरहेको मतदान अन्तिम चरणमा

२०८२ पौष ३, बिहिबार मा प्रकाशित ( १ महिना अघि) १६७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३ पुस।                                 बिबियु

विगत पाँच दिनदेखी जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ। हिजो(बुधबार) बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २ हजार २२७ जना प्रतिनिधिले टोकन लिएर मतदान गरेका छन्।

११ औं महाधिवेशनको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार केही बेरअघिसम्म लाईनवद्ध भई ८० जनाले मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको बताईएको छ।

एमालेको नयाँ नेतृत्व चयनका लागी कुल २ हजार २६३ जना प्रतिनिधि चयन भएका थिए । तर ३६ जनाले टोकन नलिएको पोखरेलले जानकारी दिए। टोकन लिएकाहरुको संख्या अनुसार २ हजार २२७जनाबाट मत खस्ने सम्भावना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस