
नारी बाटिका
नारी वाटिका संवाददाता
विराटनगर ६ पुस ।
विराटनगरको नोबेल मेडिकल कलेज भवनबाट हामफालेका एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेज विराटनगरको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट हामफालेका ३४ वर्षीय डाक्टर अमित यादवको मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट हामफालेर तल भुइँमा खसेका थिए । उक्त घटनाले टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
सोही अस्पतालमा उपचारको क्रममा आज बिहान यादवको मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जानकारी दिएको छ ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।
प्रहरीले घटनाको सम्वन्धमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस