आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

 कानून व्यवसायीको आग्रहःप्रतिनिधि सभा पुनःस्थापना मुद्दा छिटो किनारा लगाइयोस्

२०८२ पौष ७, सोमबार मा प्रकाशित ( १ महिना अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -७ पुस ।

कानून व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसंग अनुरोध गरेका छन्।

नेपाल बार एशोसिएशनको ७० औँ स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

मार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानून व्यवसायीहरूले उक्त मुद्दाको सुनुवाईलाई प्राथमिकतामा राखेर निक्र्यौलमा पुर्‍याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन्।

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष घिमिरेले सर्वोच्च अदालतले यस मुद्दालाई छिटो किनारा लगाउन पर्ने धारणा राखे । उनले मुलुकलाई संवैधानिक संकटबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने तर्क राखेका हुन्

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतले सो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे। असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन भएपछि मुलुक झन संकटमा फस्न सक्ने चिन्ता व्यक्तिगर्दै सो मुद्दाको फैसला आउने कुरालाई ढिलाई हुन नहुने बताए।

साथै कार्यक्रममा वत्ताहरुले आन्दोलनको नाममा संविधानलाई ध्वस्त बनाउने काम गर्न नपाईने धारणा राखेका थिए। यस्तै प्रतिनिधि सभा भीडले विघटन गर्न नसक्ने भएकाले यसको पुनःस्थापना गरेर मात्रै मुलुकलाई निकास दिन सकिने आफ्नो निष्कर्ष रहेको समेत बताएकाछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस