आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

बालेन,रवी र कुलमानबीच राजनितिक सहकार्य हुने सहमति

२०८२ पौष ८, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २४१९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं – ८ पुस ।

सहकारी ठगीमा धरौटी बुझाएर थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति माहोल बढाउनमा सक्रिय भएका छन्।

जेलबाट निस्केकै भोली पल्ट लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवनमा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका थिए । भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएका परिवारका पक्षमा समेत बोल्दै आएका छन्। रविले प्रधाानमन्त्री सुशीला कार्कीसँग पनि भेटेर रविले राजनितिक रफ्तार बढाएका छन्। उनले आफ्ना सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गरिरहेका छन्।

यसैबीच सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटेर लामो कुराकानी गरेका छन्। रास्वपाकै एक जना नेताको घरमा भएको छलफलका धेरै विषय सार्वजनिक नगरियता पनि उनीहरुबीच सौहार्दपूर्ण र अर्थपूर्ण भेटघाट भएको मानिएको छ ।

स्रोतका अनुसार रवि र बालेनबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको छ। नयाँ शक्तिहरुबीचको सहकार्यबाट मात्रै मुलुकले निकास पाउने निष्कर्ष निकालेका उनीहरुले आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमत भएका हुन्।

‘अहिले एक्ला एक्लै चुनावमा जाँदा त्यसको फाइदा पुराना दलहरुले उठाउने भएकाले निर्वाचनमा नयाँ दलहरुबीच तत्काल एकताहुन सम्भव नभएका चुनावी तालमेल गरेर जाने सहमति भएको हो,’

यसअघि पनि रवि नेतृत्वको रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेनको समूहबीच एकता गर्ने तयारी भएको थियो। तर, त्यो बेला कुलमानले एकीकृत पार्टीको अध्यक्षमा आफूलाई दाबी गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।

उनीहरु दुईबीचको भएको संवादमा कुलमान नेतृत्वमा उज्याले नेपाल पार्टीसँग सहकार्य गर्ने विषयमा गहन छलफल भएको थियो भने अब उनीहरुले छिटै कुलमानसँग संवाद गरेर सहकार्यको प्रस्तावलाई अन्तिम रुप दिने तयारी भएको स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस