आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सक्रियता नभएका ६ वटा राजनीतिक दल खारेज, कुन कुन परे त ?

२०८२ पौष १०, बिहिबार मा प्रकाशित ( १ महिना अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० पुस । बिबियु

निर्वाचन आयोगमा दर्ता भएर नियम बमोजिम सक्रियता नभएका तथा आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता नै खारेज गरेको छ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा नं.१२ को कानुनी प्रावधान बमोजिम आयोगद्वारा खारेज गरिएको हो।

आयोगका अनुसार यसरी खारेजीमा परेका पार्टीहरुमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका हुन्।

हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस