आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

सिन्धुलीमा बोलेरो दुर्घटना हुंदा ६ जना घाइते

२०८२ पौष १०, बिहिबार मा प्रकाशित ( ५ महिना अघि) ३८१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिन्धुली -१० पुस ।

सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्।

गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप गाडी आज सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा परी घाईते हुनेहरुमा तिनपाटन गाउँपालिका–५ का चालक २७ वर्षीय पुष्प तामाङसहित सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस