
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -११ पुस । बिबिय
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिक सक्रियता बढाउँदै भावी प्रधानमन्त्रीको रूपमा आफूलाई उभ्याउने गृहकार्यमा जुटेका छन् ।
जेन–जी आन्दोलनबाट बनेको नयाँ सरकारको नेतृत्व गर्ने आएको प्रस्तापलाई अस्वीकार गरेका बालेनले उहाँकै इच्छाअनुसार पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । तर पछिल्लो समयमा बालेनले केही दिनदेखि एकाएक राजनीतिक गतिविधि बढाउँदै आफैंलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याउन खोजेका छन् ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलगत्तै तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेको केही घण्टामा नै बालेनले आफ्नो फेसबुकमा स्टाटस राख्दै जेनजीहरूलाई प्रधानसेनापतिसँग वार्ता गरी निकास निकाल्न आग्रह गरेका थिए भने त्यसको लागि प्रतिनिधिसभा विघटन मुख्य सर्त हुनु पर्ने उनको प्रस्ताव थियो । बालेनकै सर्तअनुसार प्रतिनिधिसभा विघटन भयो भने सेनाकै सहजीकरणमा सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो ।
राजनीतिक विश्लेषकका अनुसार अब हुने निर्वाचनमा सबै बालेनकै एजेन्डा अनुसार हुने भएकाले मुलुक बालेनकै योजनाअनुसार चलिरहेको अनुमान गरिएको छ । यता बालेनले केही दिनदेखि राजनीतिक भेटघाट तीव्र पार्दै राजनीतिमा आउने स्पष्ट सन्देश दिँदै गर्दा औपचारिक रूपमा भने पार्टी खोलेर आफ्नो विचार स्पष्ट पार्न बाँकी देखिन्छ ।
रास्वका सभापति रवी लामिछाने जेलबाट छुटेलगतै उनको लामिछानेकोबिचका निकै भेटवार्ता र छलफल भयो । तर रवीसंगको वार्ता र छलफलबाट आगमी राजनितिक यात्राको खासै निकासा हुन नसक्ने अनुमान गर्दै बालेन आफू पार्टी राजनीतिमा आएकोे संकेत देखाइरहेका छन् । उनले सहकार्य गर्न जेन–जी अगुवाहरूसँग आग्रह गरेका छन् ।
उनले गत सोमबार राती कमलपोखरीस्थित एक घरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६ घण्टासम्म वार्ता गरी आगामी निर्वाचनमा मिलेर जानुपर्ने भन्दै भावी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेको एक स्रोतले जनाएको छ । त्यसयता बालेनले नयाँ दलका विभिन्न नेताहरू तथा पुराना दलका केही व्यक्ति, स्वतन्त्र व्यक्तिहरूलाई भेटेर आगामी दिनमा राजनीतिलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा परामर्श लिँदै आएका छन् ।
यसैक्रममा उनले बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा रास्वपा सभापति रविसँग दोस्रो पटक वार्ता गरेका हुन् । यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जेन–जी अभियन्ता रक्षा बमलगायतसँग भेटेर आवश्यक परामर्श लिएका छन् ।
उक्त वार्तामा पनि बालेनले लामिछानेसँग सबै पक्षलाई मिलाएर लैजान आफू लागिपर्ने र निर्वाचन पछि नयाँ शक्तिले बहुमत ल्याउने र त्यसपछि प्रधानमन्त्री आफू हुनुपर्ने चाहना राखेका बताइएको छ । सोही क्रममा बालेनले हर्क साम्पाङ, गोपी हमाललगायत सबै शक्ति जोड्ने काम आफूले पूरा गर्न सक्ने तर रास्वपाले पहल गर्दा यी सबै जोडिन नसक्नेमा विचार राखेको बताइन्छ ।







प्रतिक्रिया दिनुहोस