आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

धादिङको गंगाजमुना ३ गुम्दीमा पौष १५ गते गोरु जुधाई प्रतियोगिता हुने

२०८२ पौष १२, शनिबार मा प्रकाशित ( १ महिना अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- १२ पुस ।     बिबियु

धादिङको गंगाजमुना गाउँपालिका ३ गुम्दीमा पौष १५ का दिन गोरु जुधाई तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।गुरुङ समुदायले धुमधामको साथ मनाईँने पर्व तमू ल्होसारको अवसरमा गोरु जुधाई, खुला भलिबल तथा आमा समूहबीच डोरी तान्ने प्रतियोगिता कार्यक्रम हुने भएको हो।

गोरु जुधाई प्रतियोगिताको लागि खनियावास गाउँपालिकाबाट ७, नेत्रावती डबजोङ गाउँपालिकाबाट ३, त्रिपुरासुन्दरीबाट ५ वटा, गंगाजमुना गाउँपालिकाबा ५ वटा, गोरखाबाट १ वटा गरि २४ वडा गोरुहरुलाई एक आपसमा जधाएर पतिस्पर्धा गर्न गोरु पालकहरुले यस प्रतियोगितामा भाग लिएका छन् ।

आयोजकका अनुसार आमा समूहको ११ टिम दर्ता भएका छन् । जसमा आमा समूहको लागि १४ गते सम्म दर्ता खुला रहने छ ।खेलमम भलिबलतर्फ प्रथम हुने टिमले २० हजार, दोस्रोले १५ हजार र तेस्रो स्थान हाँशिल गर्नेले १० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाण पत्र पर्दान गरिने आयोजकले जनाएको छ ।

साथै गोरु जुधाई प्रतियोगितामा विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने आमा समूह तर्फ डोरी तान्ने प्रतियोगितामा पहिलो हुनेले ६ हजार र दोस्रो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भलिबल प्रतियोगिता पौष १२ गते बिहान ११ बजे उद्घाटन हुने छ भने गोरु जुधाई तथा अन्य खेलहरू पौष १५ गते बिहान १० बजेदेखि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहो आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस