आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

फेरिए १२ जिल्लाका सीडीओहरु, को कहाँ पुगे त ?

२०८२ पौष १२, शनिबार मा प्रकाशित ( १ महिना अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१२ पुस । बिबियु

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित १३ कर्मचारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार १२ जिल्लाका सीडीओ लगायत कारागार व्यवस्थापन विभागका महानिर्देशक फेर बदल गरेको हो।

जस अनुसार नुवाकोटका सीडीओ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा खटाएको छ। यस्तै भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईंलाई सरुवा गरेको छ ।

त्यसैगरी लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे र सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारी(सिडियौ)मा सरुवा तथा पदस्थापन गरिएको हो ।

साथै तनहुँ जिल्लामा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, पश्चिम नवलपरासीमा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई सरुवा गरिएको गृह मन्त्रालयद्वारा एक सुचना प्रकाशित गरी सो बारे जनाएको छ।

पुरा सुचि हेर्नको लागी यहाँ क्लिक गर्नु होस्

Sahasachib_Upasachib

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस