आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

फागुन २१ को निर्वाचका लागी देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो

२०८२ पौष १३, आईतबार मा प्रकाशित ( १ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१३ पुस । बिबियु

आगामी फागुन २१ गतेका लागी तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्पन्न गर्न देशभर मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ। यसअघि निर्वाचन आयोगले शनिबार मतदानस्थल र केन्द्रको संख्या टुंगो पनि लगाएको हो।

आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल तोकिएका छन् भने ती मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र रहने गरी व्यवस्था गरिएको
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

आयोगद्वारा जारी विज्ञप्तिमा यस निर्वाचनमा गत २०७९ को निर्वाचनको तुलनामा मतदानस्थल ७५ ले वृद्धि भएको र मतदान केन्द्रको संख्या ८८५ ले बढेको जानकारी दिइएको छ।

आयोगले यही शनिबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरेको छ। आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस