आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सकियो सभामुख घिमिरे र उपसभामुख रानाको कार्य अवधी

२०८२ पौष १३, आईतबार मा प्रकाशित ( १ महिना अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१३ पुस । बिबियु

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको पाँच वर्षीय कार्य अवधी सकिएको छ।

आगमी फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा नामावाली निर्वाचन आयोगमा बुझाएसँगै उनीहरु द्वयको कार्यकाल सकिएको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आज र भोलि तोके अनुसार दलहरुले पनि आजै सुचि बुझाएका हुन्। संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने कानुनी व्यवस्था छ।

सोही कारण सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकालका लागि हिजोसम्म मात्रै उनीहरू पदमा बहाल रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस