आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

न्युजिल्याण्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

२०८२ पौष १४, सोमबार मा प्रकाशित ( ४ महिना अघि) २४५० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १४ पुस ।

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ दिने भन्दै १० लाख रुपयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर ११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो।

विगतदेखी नै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि वेदेशीक रोजगारीमा पठाउने गिरोहहरु सक्रिय छन् । आचार्यले पनि सोही अनुसार न्युजिल्याण्ड पठाई दिने बहानामा १० लाख ठगी गरी सम्पर्क विहीन भएको उजुरी परेपछी उनी पक्राउ परेका हुन्।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता आचार्यले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस