
नारी वाटिका संवाददाता
धादिङ – १५ पुस । बिबियु
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकाँश जस्तै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो यथावत रहनेछ। त्यस्तै मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज रातिसम्म नै तराईमा हुस्सु लाग्ने सम्भावना छ । हुस्सु र कुहिरोले बिहानको समयमा जनजीवन,स्वास्थ्य तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।












प्रतिक्रिया दिनुहोस