
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१७ पुस, बिबियु
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो बढीरहेको अवस्था छ । आज पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने क्रम यथावत छ भने बिहिबारकर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।
,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहितको हिमपात हुने सम्भावना छ। महाशाखाका अनुसार यसैगरी आज दिउँसो र रातिसमेत तराईका केही स्थानमा हुस्सु यथावत रहने छ ।
साथै आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने छ । हुस्सु, हल्का वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ








प्रतिक्रिया दिनुहोस