
नारी वाटिका संवाददाता
काठमाडौं – १७ पुस ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नेपाली एक हजारका ७६ थान नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–२ घर भई शंखरापुर नगरपालिका–४, साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको सुरक्षा टोलीले बुधबार राति उनीहरूलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार विगतदेखी नै नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा उनीहरुमाी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस