आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८देखी ३१सम्म गर्ने प्रस्ताव

२०८२ पौष १८, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १९८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१८ पुस ।               बिबियु

पौषको चौथो हप्तामा गर्ने भनिएको नेपाली कांग्रेसको १५ औं महाधिवेशन यस मिति सारेर आगामी वैशाख २८देखी ३१ सम्म सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

तोकएको मितिमा पार्टीको १५ औं महाधिवेशन हुन नसक्दा पार्टीभित्र किचलो सुरु भएको थियो । सुक्रबार केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नु भएको थियो । साथै यस प्रस्तावित कार्यतालिकामा केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताइएको छ।

यसअघिको कांग्रेसको महाधिवेशनको लागी यही पुस २६,२७ र २८ गतेमा सम्पन्न गर्ने कार्यतालिका थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस