आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

बुद्ध एयर जहाज दुर्घटना,चालक दलका एक जनासहित सात यात्रुहरु घाइते

२०८२ पौष १९, शनिबार मा प्रकाशित ( २ दिन अघि) १३९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
झापा १९ पुस ।

भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको विमान दुर्घटना भएको छ ।

उक्त विमान दुर्घटनामा परी ६ यात्रुहरु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनु भयो। दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रुहरु रहेका छन् भने ६ जनाको अवस्था सामान्य भएकोले उपचारपछी उनीहरुको ’डिस्चार्ज’ भई घर फर्किएका छन्।

घाइतेमध्यका विमानका सहचालक २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र अनुहारमा चोट लागेका कारण उपचार भैरहेको अवस्था छ । चालक दलका एक जनासहित सात यात्रु घाइते भएका हुन्।

साथै उक्त जहाजमा ५१ यात्रुहरु, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए।

जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो । भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटनमा परेको हो।

कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन(वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई उक्त जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जनाइएको छ ।

घाइतेलाई तत्कालै नेपाल प्रहरीको उद्धार टोलीले भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका २४ वर्षीय सहचालक सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ।

र्दघटनामा उद्धारका लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस