आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

राष्ट्रिय सभा निर्वाचनको लागी आज उम्मेदवारी मनोनयन गरिँदै

२०८२ पौष २३, बुधबार मा प्रकाशित ( १ महिना अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -२३ पुस ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभरबाट उम्मेदवारको मनोनयन हुंदैछ। सोका लागी बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार आजै उम्मेदवारको दावी विरोधमा उजुरी दिने, पुस २७ मा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २८ मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १८ सदस्यको पद रिक्त हुँदैछ। सोही रिक्त पदका लागी आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुंदैछ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार आयोगले मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने संविधानिक व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस