आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सिट बाँडफाँटमा कुरा नमिल्दा नेकपा एक्लै चुनावमा जाने

२०८२ पौष २३, बुधबार मा प्रकाशित ( १ महिना अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२३ पुस ।     बिबियु

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबिचमा भएको चुनावी तालमेलको प्रयास असफल भएको छ। तिन दलकाबिचमा सिट बाँडफाँटमा सहमति छुट्न नसकेपछि नेकपाले गठबन्धनबाट अलग भएर एकल उम्मेदवारी दिने भएको हो।

नेकपाले आफ्नो पार्टीको मतभारका आधारमा चार सिट माग गरेको थियो । तर त्यसलाई कांग्रेस र एमालेले अस्वीकार गरेपछि कुरा बिग्रिएको थियो। त्यसपछी कांग्रेस र एमालेले भने जनता समाजवादी पार्टीसँग मिलेर चुनावी तालमेल गर्ने सहमतिमा पुगेका हुन्।

यद्यपि उम्मेदवारी दिइए पनि राजनीतिक संवाद र सहमतिका ढोका भने खुला नै राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस