आज: २०८२ पौष २५, शुक्रबार | Fri, 09, Jan, 2026

कांग्रेस ईतरपक्षको पुस २७ मा विशेष महाधिवेशनको तीव्र तयारी

२०८२ पौष २४, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २४ पुस ।         बिबियु

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

काँग्रेस इतरपक्षधरले विशेष महाधिवेशन गर्नै पर्ने वाध्यकारी पस्थिति सिर्जना भएपछी अनामनगरको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तिब्र रुपमा तयारी गरिएको हो। महाधिवेशन व्यवस्थापन गर्न स्वयंसेवक परिचालनदेखि मञ्च निर्माणसम्मका कामहरू सुरु गरिँदै छन्।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। उनले भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम थालनी गरिने जानकारी दिए।

नेपाली कांग्रेसका नेता तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कडा पहलमा विशेष महाधिवेशन आह्वान गरिएको हो। अर्को तर्फ काँग्रेस संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टर स्वरूप युवा भेला र केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ।

हाल विशेष महाधिवेशन सम्पन्न गर्ने विभिन्न समितिको जिम्मेवारीमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारीअनुसार तयारीमा जुटिरहेका छन्। यसैबीच केही नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डप परिसरमा भेला हुन थालेको देखिन्छ ।

कांग्रेस इतरपक्षधरले आयोजना गरेको विशेष महाधिवेशन गरे रै छाड्ने रणनितिमा लाग्दा पार्टीभित्रको आन्त्रिक दण्द्ध थप चर्किँदै गएको अवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस