आज: २०८२ पौष २५, शुक्रबार | Fri, 09, Jan, 2026

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्रीको कार्यभार स्वीकृत

२०८२ पौष २५, शुक्रबार मा प्रकाशित ( २0 घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२५ पुस । बिबियु

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीहरुलाई थप मन्त्रालयको कार्यभार थप गर्ने सरकारको सिफारिसमा स्वीकृत गर्नु भएको छ।

ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्राललय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले मङ्गलवार पदबाट राजीनामा दिएपछि सोही मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई दिन सरकारको प्रस्तावलाई स्वीकृत दिनु भएको हो।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी थप गर्न अनुमति दिनु भएको छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार जिम्मेवारी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभारको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामलाई दिईएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस