
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२५ पुस । बिबियु
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै बाँकी अन्य पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा भने हुस्सु र कुहिरो कायमै छ।
सुक्रबार दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हुस्सु तथा कुहिरोका कारण जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस