आज: २०८२ पौष २६, शनिबार | Sat, 10, Jan, 2026

अबदेखी चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने

२०८२ पौष २६, शनिबार मा प्रकाशित ( ९ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२६ पुस ।         बिबियु

नेपाल राष्ट्र बैंकले अबदेखी चेकमार्फत बैंकबाट निकाल्न पाइने नगदको सीमा ५ लाख रुपैयाँमा मात्रै सीमित बनाएको छ । राष्ट्रबैंकले अब उप्रान्त ५ लाखभन्दा बढीको चेक साटेर नगद रकम निकाल्न नपाइने बनाएको हो ।

राष्ट ्रबैकले ५ लाखभन्दा माथिको चेक साट्नु परेमा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनु पर्ने प्रावधान बनाएको छ । बैंक तथा वित्तीय संस्थाले पनि ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम नगद नदिई सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकद्वारा जारी गरिएको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरणमा न्यूनीकरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस