आज: २०८२ पौष २९, मंगलबार | Tue, 13, Jan, 2026

नेता डा.शेखर कोइराला देउवा भेट्न उहाँको निवास महाराजगञ्जमा

२०८२ पौष २८, सोमबार मा प्रकाशित ( १३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ पुस।     बिबियु

हालै काँग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हाल भैइरहेको विशेष महाधिवेशनको कार्य लगायतले आक्रोश बनेको संस्थापन पक्ष र युवा पंतिको लहरले नेपाली काँगे्रस विभाजनको संघारमा पुगेकोमा वरिष्ठ नेता शेखर कोइराला चिन्तित बन्नु भएको अवस्था छ ।

नेता थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन धमाधम भैइरहेको अवस्थाले पार्टी दुइ धारमा विभाजित भएको छ । यस जटिल परिस्थतिमा नेपाली कांग्रेसलाई मिलाउने प्रयासमा मध्यमार्गी वैएमा लाग्नु भएका नेता डा.शेखर कोइराला देउवा भेट्न उहाँको निवास महाराजगञ्ज पुग्नु भएको छ।

केहीवेर अघि कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफल गर्न महाराजगञ्जमा जानु भएको हो। उहाँहरूबीच अहिले छफल जारी रहेको एक स्रोतले जनाइएको छ।

छलफलमा सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे तथा नेता मिनेन्द्र रिजाल पनि रहनु भएको छ। महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा अहिले भृकुटीमण्डपमा भने विशेष महाधिवेशन चलिरहेको छ।

महामन्त्रीद्वय थापा र शर्माले पछिल्लो समयमा पार्टीभित्र गरेका गतिविधिको गतिरोध अन्त्यका लागी पुर्व सभापति देउवाले पनि निकटस्थ र कानुन व्यवसायीसँग छलफल गरिरहनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस