आज: २०८२ पौष २९, मंगलबार | Tue, 13, Jan, 2026

कांग्रेसको चर्किएको घाउमा मलाम लगाउन आज केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२०८२ पौष २९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ३११ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२९ पुस । बिबियु

नेपाली कांग्रेसको पछिल्लो समयमा भईरहेको पार्टीभित्रको कलहको विषयमा निकास निकाल्नको लागी आज केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक मंगलबारबिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

बैठकमा पार्टीको हालै चर्किँदै गएको आन्त्रिक समस्या छताछुल्ल भएको परिस्थितिका बाबाजुद यद्यपि छलफल हुने वातावरण बनाएको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो।

संस्थापनको विरोधकाबिचमा यतिबेला पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन काठमाडौंको भृकुटीमण्डवमा जारी छ। यता पार्टीका इतरपक्षका तर्फबाट तिन दिनअघिदेखी भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र आजसम्म जारी रहेको छ।

शोमबार भएको संस्थापन पक्षका नेताहरूको छलफलले जारी विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ । पार्टी सभपति शेरबहादुर देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको पुराना नेताहरूको धारणा छ ।

महामन्त्रीद्य थापा र शर्माले आयोजना गरेको महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ। पुराना नेतृत्वलाई बदलेर नयाँ पुस्तामा पद हस्तातरण गर्नुपर्ने सवाल चलिरहँदा विशेष महाधिवेशन पक्षधरले कांग्रेस संस्थापन पक्षसँग वार्ता गर्न प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनु हुनेछ ।

उहाँहरुको सहभागितामा ४ सदस्यीय रहेको वार्ता समिति गठन गरेको छ। संस्थापनले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अघि सारेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस