
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१ माघ । बिबियु
निकै अघिदेखी नै पार्टीभित्रको सुसाशनमा गगन थापाले उठाएका धेरै विषय जायज भएकै कारण उनी पार्टीमा नभइ देशकै हाई हाई नेताका रुपमा परिचित थिए ।
तर हालै भएको नेपाली काँग्रेसको भविश्यसंग जोडिएको पार्टी नै फुट्ने र फुटाउने सम्मको खेलमा मुख्य भुमिका रहेका गगन थापा अन्ततः आफैले एकलौटी रुपमा आयोजना गरिएको पार्टीका सभापति बनाएका छन् । थापा र शर्मा कै पहलमा भएको कांग्रेसको विशेष महाधिवेशनमा अरु कसैले उम्मेद्वारी नदिएपछी गगन थापा सभापतिमा आफै सर्वसम्मत चयन भएका हुन्।
सभापतिमा थापाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन्। तर थापा र शर्माको पछिल्लो गतिविधिमा काँग्रेसका कार्यकर्ता भन्दापनि विगतमा १४ औं माधिवेशनबाट माधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी पाएकाहरुले हो मा हो मिलाउँदा नेपाली काँग्ैसको पार्टी फुटेको अवस्था छ । यतिवेला काँग्रेस फुटेको घोषणा मात्रै गर्न बाँकी हो ।
यता पार्टी सभापति शेरवहादुर देउवाको पनि आफ्नै घमण्ड र अहंमताले देश कै भविश्य बोकेको ठुलो,पुरानो शक्तिशाली पार्टी नेपाली काँग्रेसको विवादले परिस्थिति कता मोडिने हो भन्नेमा निर्धारण हुने भएकाले त्यस तर्फ राजनितिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।
पदलाई म्युजिकल चेयर बनायर संधै आलोपालोमा देशको नेतृत्व गर्दै आएका काँग्रेस सभापति शेरवहादुर देउवा,एमालेका अध्यक्ष केपी शर्मा वली र माओवादी तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै कारण भ्रष्ट्रचार मौलाउँदै र अपराधिक करण बढ्दै जाँदा मुलुकमा भदौ २३ र २४ मा जेनजी युवा पुस्ताले विद्राह गर्ने अवस्था सिर्जना भएको थियो ।
विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएको घोषणा गरेका छन्।
सहमहामन्त्रीका सबै ८ पदमा पनि सर्वसम्मत चयन भएको छ। सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला) मुक्ताकुमारी यादव (मधेसी) र कर्णबहादुर बुढा )पिछडिएको क्षेत्र) मा घोषणा गरेका हुन्।
कोषाध्यक्ष भने पछि मनोनीत गरिने बताएका छन्। तर अब नेपाली काँग्रेसको यस गतिविधिले पार्टी कता पुग्छ र नेपाल कै भविश्य के हुन्छ भनेर चिन्ता थपिएको छ ।








प्रतिक्रिया दिनुहोस