आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

तिला नदीमा जीप खस्दा तीनजनाको मृत्यु, एक बेपत्ता

२०८२ माघ ३, शनिबार मा प्रकाशित ( ३ हफ्ता अघि) १७३७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

कालिकोट -३ माघ ।

कालिकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। साथै एकजना बेपत्ता भएका छन्।
शुक्रबार अपराह्न हुल्मबाट शुभकालिकाजाँ तर्फ जाँदै गरेको बोलेरो जीप कुडीबाट तिला नदीमा खसेर दुर्घटनामा परेको हो।

उक्त जीप सडकदेखी करिव ५०० मिटर तल खसेको छ । जीप नम्बर पनि प्रश्ट रुपमा नभेटिए पनि स्थानीयले भे १ च २८९८ नम्वर भएको बताएका छन् । दुर्घटनामा परेकाहरुको उद्धारका लागी जिल्ला प्रहरी कार्यालयका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकीहरुबाट खटिएको सुरक्षा टोलीले तीन पुरुषको शव नदी किनारबाट बाहिर निकालेको जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूको सनाखत हुन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस