
नारी वाटिका संवाददाता
धरान -४ माघ ।
धरानमा शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जनकपुरबाट धरानको भेडेटार क्षेत्रमा शैक्षिक भ्रमणमा गएको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
उक्त बस धनकुटाको भेडेटार घुमेर फर्कँदै गर्दा दुर्घटनामा परेको थियो भने दुर्घटनामा १ बच्चासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै बसमा सवार १३ जना घाइते भएकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’
दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस