आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

दुर्गा प्रसाईं पोखराबाट फेरी पनि पक्राउ परे

२०८२ माघ ५, सोमबार मा प्रकाशित ( २ हफ्ता अघि) २१७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -५ माघ ।

राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान आन्दोलनका संयोजक दुर्गा प्रसाईं फेरी पनि पोखराबाट पक्राउ परेका छन्। प्रसाईं शोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै समयमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी हरिबहादुर बस्नेतले प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिनु भयो । प्रहरी सुचना अधिकारी बस्नेतले काठमाडौँबाट प्राप्त पक्राउ अनुमति अनुसार प्रसाईंलाई पक्राउ गरिएको बताउनु भयो।

प्रसाईंलाई आवश्यक प्रक्रिया पूरा गरी आजै काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस