आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलको राजीनामा

२०८२ माघ ६, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ५११६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धदिङ -६ माघ ।               बिबियु

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्।

खरेलले शोमबार साँझ आयोजित विशेष पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्।

रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने पक्कापक्की भएपछि उनले मन्त्री पदबाट राजिनामा दिएको बताइएको छ। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि रास्वपाबाटै निर्वाचनमा टिकट पाउने भएपछी राजीनामा दिएका थिए।

माघ ६ गते आज प्रतिनिधिसभा निर्वाचन सदस्यका लागि मनोनयन पत्र दर्ता गर्ने समयसीमा तोकिएकाले खरेलले हिजै राजीनामा दिएका हुन्।

सरकारमा रहेका विभिन्न मन्त्रीहरुले पदबाट राजिनामा दिएर धमाधम रास्वपामा प्रवेश गरी आज मन्त्री खरेल लगायतले मनोनयन पत्र दर्ता गर्दैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑