आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

बजारमा सुनको भाउ दिनानु दिन आकासियो

२०८२ माघ ७, बुधबार मा प्रकाशित ( ७ महिना अघि) ५४२६ पटक पढिएको
नारी बाटिका


आज एकै दिन तोलाको १० हजार ४ सयले बढेर २ लाख ९५ हजार पुग्यो

नारी वाटिका संवाददाता
धादिङ ७ माघ । बिबियु

नेपाली बजारमा सुनको भाउ लगातार बढेर आकाशियको छ । जस अनुरुप आज एकै दिनमा तोलाको १० हजार ४ सयले बढेर हालसम्म कै २ लाख ९५ हजार रुपयाँले उच्च विन्दुमा पुगेको हो । पछिल्लो समयमा नेपाली बजारमा लगातार सुनको मुल्य उकालो लागेको अवस्था छ ।

यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ भने यसमा पनि उपभोक्ताहरु ज्याला,जर्ति,रसान आदी लाग्ने बहानामा व्यपारीहरुले उपभोक्तहरुमाथी चरम शोषण गर्दै आईरहेका छन् ।

मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो भने चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस