
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ- ८ माघ । बिबियु
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ । अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बिहिबार तराईका केही भुभागमा तुवाँलो तथा हुस्सु लागिरहेको छ। आज दिउँसो र राति तराईका केही भुभागमा हुस्सु कायमै रहने छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
तर भोलि सुक्रबार भने लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका केही भुभागमा तथा गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस