
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -८ माघ ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुने भएको हो । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो ।
अभियोग हटाउने निर्णय प्रथम दृष्टिमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा गैरकानुनी र स्वेच्छाचारी भएको भन्दै बदर गर्न माग दावी गरिएको हो।
रिटमा सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर अपराधमा अभियोग संशोधन गर्नु कानुनको दुरुपयोग भएको र यसले बचतकर्ताको न्यायमा असर पर्ने समेत जिकिर गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस