आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

ओखलढुंगा एमालेका जिल्ला अध्यक्षसहित ३८ जनाले पार्टी छाडी नेकपामा प्रवेश

२०८२ माघ ९, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

ओखलढुङ्गा -९ माघ ।

ओखलढुङ्गा नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्कासहित ३८ जना एमालेका नेता तथा कार्यकर्ताले एमाले पार्टी छाडी नेकपामा प्रवेश गरेका छन् । शुक्रवार उनीहरूले एमाले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी( (नेकपा)मा प्रवेश गरेका हुन्।

आजै काठमाडौंमा एक कार्यक्रम गरी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले उनीहरूलाई स्वागत गरेका थिए।

प्रतिनिधिसभाको टिकट दावी गरेका अम्बिरबाबु गुरूङलाई एमालेले टिकट नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएकोमा उनीहरू असन्तुष्ट बनेका थिए। सोही कारण अम्बिरबाबुले एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेको जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस