
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ १० माघ । बिबियु
भोली(माघ ११) मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागी व्यवस्थापन पक्षबाट सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले सुक्रबार गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदानका लागि सबै तयारी पुरा भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो।
उम्मेदवारको मनोनयनपत्र दर्ता, दावी विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण लगायतका कार्यसम्पन्न भएको प्रवक्ता भट्टराईले बताउनु भयो ।
मतदानका लागि मतपत्र पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान भोली(माघ ११)मा आइतवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने भएको छ।
राष्ट्रियसभाका लागी १८ जना सदस्यमा निर्वाचन गर्न लागिएको हो। जसमध्य नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब १७ जनाका लागि सातै प्रदेशको राजधानीमा मतदान गर्न लागिएको हो ।
यस राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका जिल्ला समन्वय समिति,नगर तथा गाउँपििलकाका प्रमुख र उपप्रमुखहरुले मात्रै मतदान गर्न पाउने कानुनी व्यवस्था छ।
यससंगै यसै पटक फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेकोले कतिपय यी मतदाताहरु मध्यकाले पदबाट राजिनामा दिएर उताको निर्वाचनमा विभिन्न पार्टीबाट टिकट पाईसकेकाले मतदाता नामावलीबाट उनीहरुको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनु भयो।







प्रतिक्रिया दिनुहोस