आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

आज राष्ट्रिय सभा निर्वाचनबाट सातै प्रदेशमा १७जनाका लागी मतदान हुंदै

२०८२ माघ ११, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) १३९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ११ माघ । बिबियु

राष्ट्रिय सभाका १७ पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनको मतदान कार्यक्रम अहिले बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
आगमी फागुन २० गतेदेखि रिक्त हुने कुल १८ जनाको राष्ट्रिय सभा सदस्य पदमा आज (आईतबार मतदान हुन लागिएको हो ।

१८ जनामध्ये कोशी प्रदेशमा खस आर्यतर्फबाट एक पदमा उम्मेद्वार बनेका नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। भने बाँकी १७ पदका लागि निर्वाचन गर्न लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताउनु भयो।

मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र निर्धारण गरिएको ।

त्यस्तै गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय कास्की पोखरा, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीको कैलालीमा मतदान हुने प्रवक्ता भट्टरार्ईले जानकारी दिनु भयो।

साथै राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान गर्न प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस